सलिकोद्वारा आर्थिक वर्ष २०८२/८३ मा ४.९६ अर्ब दाबी भुक्तानी

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आर्थिक वर्ष २०८२/८३ मा रु. ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सोही अवधिमा कम्पनीले रु. ४.९६ अर्ब दाबी भुक्तानी गरी आफ्ना बीमितप्रतिको प्रतिबद्धता, द्रुत सेवा तथा विश्वासलाई थप सुदृढ बनाएको छ ।

 

पछिल्ला केही वर्षयता कम्पनीले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ । यससँगै दाबी भुक्तानी क्षमतामा समेत उल्लेखनीय वृद्धि गर्दै सलिकोले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर प्रमाणित गर्दै आएको छ ।

 

यस अवसरमा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ले भन्नुभयो- ‘हामीमाथि निरन्तर विश्वास गर्ने सम्पूर्ण ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु । यही विश्वास, साथ र सहयोगले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गरेको छ । आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक केन्द्रित सेवामार्फत यस विश्वासलाई अझ सुदृढ बनाउँदै जाने हाम्रो प्रतिबद्धता रहेको छ ।’

 

सलिकोले आगामी दिनहरूमा पनि प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा आफ्नो योगदानलाई निरन्तर अगाडि बढाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु