सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ‘सलिको सुरक्षा रन २०२६’को आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ भव्यरूपमा सम्पन्न भएको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता ‘टेम्पल रन’को सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा ५०० भन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । दौड कम्पनीको केन्द्रीय कार्यालय नक्साल भगवती मार्गबाट प्रारम्भ भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर, उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमै पुगेर समापन भएको थियो ।

 

कार्यक्रमको शुभारम्भ कम्पनीका अध्यक्ष मनोहर दास मुलले रिबन काटी गर्नुभएको थियो । सहभागीहरूको उत्साह, ऊर्जा र सक्रियताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको थियो । दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र रमाइलोपन थपेको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण धावकहरूलाई सहभागिता पदक प्रदान गरिएको थियो । पुरुष तथा महिला विधामा प्रथम स्थान हासिल गर्ने विजेतालाई ९ लाखसम्मको सलिको आरोग्य हेल्थ इन्स्योरेन्ससहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

 

तेसैगरी सलिको सुरक्षा रन २०२६ सँगसँगै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । यसअन्तर्गत गण्डकी, कोशी तथा सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले समाजप्रतिको आफ्नो दायित्वलाई अझ प्रभावकारीरूपमा निर्वाह गर्ने प्रयास गरेको जनाएको छ ।

 

कार्यक्रमको सफल आयोजनाले स्वस्थ जीवनशैलीको प्रवद्र्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले विश्वास व्यक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु