1100×100 Nabil Advert

महालक्ष्मी विकास बैंकले गर्‍यो ३२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरु समेटिएको थियो ।

 

साथै बैंकको केन्द्रिय कार्यालयमा बृहत निशुल्क स्वास्थ्य शिविर, निःशुल्क दन्त तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । उक्त शिविरहरुमा करिब २०० जना व्यक्तिहरुको स्वास्थ्य, आँखा तथा दाँतको परिक्षण गरिएको थियो । यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

उक्त रक्तदान कार्यक्रमहरु मार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो । सोही दिन बैंकले सस्ंकृती प्रबद्र्धन तथा मन्दिर सरसफाईलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरुमा सरसफाई लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ । साथै ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रबद्र्धन–मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रबद्र्धनको लागि समेत बैंकले सहयोग गरेको छ ।

 

साथै बैंकले जेष्ठ ७ गते केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन समेत गरेको थियो । सोही दिन श्री नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ । अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा संकलन गरिएका फोटोहरु समेत बैंकको केन्द्रिय कार्यालयमा प्रदर्शन गरिएको छ ।

 

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ४ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौ श्रृङखला समेत यहीँ जेष्ठ महिनामा बैंकले सञ्चालन गर्नेछ ।

प्रकाशित समय १३:५७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु