1100×100 Nabil Advert

खोटाङको खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ । खानीडाँडा विमानस्थलदेखि-याम्खा-रातमाटा-पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो ।

 

ठेकेदार कम्पनी पवित्रा-गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभयो । सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ ।

 

सम्झौताअनुसार आठ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ । उक्त सडक निर्माण सम्पन्नपछि जिल्लाको दक्षिणी भेगका स्थानीयसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाईसदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ ।

 

कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रमगरी सडकको औपचारिक रूपमा शिलान्यास गर्नुभयो । उहाँले खोटाङमा विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो । साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुङ्गा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा छ ।

प्रकाशित समय १२:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु