1100×100 Nabil Advert

लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन नै सिटिजन्स लाइफको सफलता : सिइओ पौडेल

पोखरा । प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको बताएका छन् । तीन दिनसम्म चलेको सिटिजन लाइन इन्स्योरेन्सको एमडआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रमका सिइओ पौडेलले सो कुुरा बताएका हुन् । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सिओटी तथा १ जना टिओटी क्वालिफायर रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

 

सो कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरुलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको थियो । कार्यक्रम अन्तर्गत “द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ” विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए, जसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ ।

 

कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आ-आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए । साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूले सहभागीहरूलाई सम्बोधन गर्दै हाँस्य व्यंग्यमार्फत उत्साह थप्नुका साथै एमडीआरटी क्वालिफायरहरूलाई सम्मान समेत गरेका थिए ।

प्रकाशित समय १०:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु