1100×100 Nabil Advert

सानिमा बैंकका सिइओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार आचार्यले आज २०८२ माघ १२ गते औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ मा बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।

 

२१ वर्षदेखि सानिमा बैंकमा निरन्तर सेवा गर्दै आउनुभएका आचार्यले बैंकको विभिन्न महत्वपूर्ण विभाग तथा शाखाहरूको नेतृत्व गर्दै उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी जयपुरबाट इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गर्नुभएको छ ।

 

पदभार ग्रहण गर्नु अघि उहाँ बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । बैंकमा लामो सेवाकालका दौरान उहाँले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्नुभएको थियो ।

 

उहाँको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । साथै, उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडमा अध्यक्षको रूपमा समेत कार्यरत रहनुभएको थियो ।

 

बैंकिङ्ग क्षेत्रबाहेक उहाँसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उहाँले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गर्नुभएको थियो।

प्रकाशित समय ११:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु