1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा बृद्धाश्रमका बृद्धबृद्धालाई सामाग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले काठमाडौंको पशुपतिस्थित समाज कल्याण केन्द्र बृद्धाश्रमका ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख शशी पौडेललाई औपचारिकरुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

 

सो कार्यक्रममा पशुपति बिकास कोषका सदस्य सचिव प्रकाश मणि शर्मा भूषाल, पशुपति विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत प्रविणमुनि बज्राचार्य र बैंक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।

 

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय ११:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु