1100×100 Nabil Advert

नाडा कार्यसमिति सर्वसम्मत निर्वाचित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन अधिकृतको कार्यतालिका अनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत ढङ्गले अगाडि बढिरहेको नाडाले जनाएको छ । यही पुस ९ गते सम्पन्न ४९औं वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन र स्वीकृति साथै निर्वाचन अधिकृतको औपचारिक सूचनाको आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार सञ्चालन भएको नाडाले जनाएको छ ।

 

निर्वाचन अधिकृत कार्यालयबाट प्रकाशित कार्यक्रमअनुसार हालसम्म सम्पन्न चरणमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न हुँदा अध्यक्ष पदमा १ उम्मेदवारी, प्रदेश सदस्यबाट ७ उम्मेदवारी तथा साधारण सदस्यबाट १८ उम्मेदवारी परेकोमा साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता लिइएकोले प्राप्त भएका उम्मेदवारीहरूलाई निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित भएको हो । संस्थागत लोकतान्त्रिक अभ्यास, एकता र सहकार्यको सकारात्मक निरन्तरताका रुपमा लिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जनाएका छन् ।

 

यसरी सर्वसम्मत्रुपमा कार्यकारिणी समिति बनेकोले पौष २५ गते तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नभएको तथा निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाटै घोषणा गरिने पनि महासचिव उप्रेतीले जनाएका छन् ।

प्रकाशित समय २२:२० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु