नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान एक महिना चल्ने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफवान सफ्ट इन्टरनेशनल प्रालिको सहकार्यमा ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागू हुनेगरी ’टप अप गरौं बोनस पाऔं अभियान’ सञ्चालन गरेको छ । सो अभियान अवधिभर दुई सय रुपैयाँ वा सो भन्दा माथिको रकम एबीएल मोबाइल बैकिङ एपमार्फत टपअप गर्ने ८० जनालाई एक सय रुपैयाँका दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।
हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।
प्रकाशित समय ०९:२७ बजे





















