1100×100 Nabil Advert

पर्वत समाज कतारद्वारा रमजान बाबु सम्मानित

कतार । ‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मूल नारालाई आत्मसात गर्दै कतारमा सन् २००३ मा कतारमा स्थापित पर्वत समाज कतारको २३ औं वार्षिकोत्सव एवं वार्षिक साधारणसभा तथा विविध सांस्कृतिक कार्यक्रम २०२५ को अवसरमा समाजप्रतिको विभिन्न सेवाको उच्च मूल्यांकन गर्दै पर्वत समाज कतारले प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई सम्मान गरेको छ । कतारमा रहेका नेपालीमात्र होइन, समग्र दक्षिण एसियाबाट कतारमा रोजगारीका सिलसिलामा पुगेका मानिसहरु विभिन्न किसिमका समस्याहरुको समाधानमा सहयोग पुर्‍याइरहेका राष्ट्रिय मानवअधिकार आयोग कतारमा कार्यरत मियाँलाई पर्वत समाजका अध्यक्ष सन्तोष क्षत्री र सिङ्गो पर्वत समाज परिवारले गरेको सम्मानले आफूलाई निकै उत्साहित बनाएको मियाँले बताए ।

 

कतारमा स्थापित सामाजिक संस्थाहरुमध्ये अग्रणी तथा पुरानो सामाजिक संस्था पर्वत समाज कतारले गृह जिल्लामा सामाजिक तथा परोपकार क्षेत्रमा समेत आफ्नो छवि उच्च बनाउँदै लगेको छ । समाजसँग नजिक रहेर दीर्घकालीनरूपमा गृह जिल्लाका हरेक दुःखमा सारथी बन्न समाजले स्थापना गरेको पर्वत समाज कतार बहुउद्देश्यीय अक्षय कोष, विभिन्न इकाइ समिति र समाजमार्फत जिल्लाका विभिन्न स्थानमा आर्थिक सहयोग गरिएको छ । समाज, कोष र विभिन्न इकाइले पर्वतका करिब आधा दर्जन स्थानमा अतिआवश्यक बिरामी तथा मृतकका परिवारहरूलाई नगद सहयोग गरेको हो । मिर्गौला फेल भएर उपचारका क्रममा मृत्यु भएका बिहादी-५ निवासी समाजका आजीवन सदस्य तथा पूर्वकार्यसमिति सदस्य हरिलाल सापकोटाका परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

 

पिङ खेल्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका पाङ्ग-१ का सञ्जय परियारका परिवारलाई १० हजार, मिर्गौला फेल भइ हाल उपचाररत कुश्मा नगरपालिका-८ निवासी विजय भण्डारीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । त्यस्तै पर्वत समाज कतारद्वारा विभिन्न समयमा दुवै मिर्गौला फेल भएर उपचाररत तिलहार-३ पर्वत निवासी कृष्ण लामिछानेलाई १० हजार रुपैयाँ सहयोग गरिएको थियो । पर्वत समाज कतारको पूर्वकार्यसमितिले पनि लामिछानेलाई ९१ हजार रुपैयाँ सहयोग गरिसकेको र कोषमार्फत पनि सहयोग गरिएको थियो ।

 

पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि अक्षयकोष र पर्वत जलजला समाज इकाइ कतारले १०-१० हजारका दरले २० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । फलेवास नगरपालिका-२ घाँटीका क्यान्सर रोगी ११ वर्षीय अनीष कुँवरलाई समाज मातहत रहेको फलेवास नगर इकाइले ५१ हजार ५ सय १ रुपैयाँ सहयोग गरिसकेको छ ।

प्रकाशित समय १६:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु