एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट सुविधा
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नुहुनेछ ।
ग्राहक महानुभावहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नुहुनेछ । बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।
प्रकाशित समय १३:३४ बजे




















