1100×100 Nabil Advert

कृषि विकास बैंकलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड

काठमाडौ। कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड प्राप्त गरेको छ । कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा आयोजित कार्यक्रम मा ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार, ‘एकीकृत प्रतिवेदन पुरस्कार’ र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ अन्तर्गत “सार्वजनिक क्षेत्रको बैंक श्रेणी” मा पुरस्कार प्राप्त गरेको छ।

SAFA द्वारा पकिस्तानको ईस्लामाबादमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त पुरस्कार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रहण गर्नु भएको बैंकले जनाएको छ । पुरस्कार प्राप्तिले बैकका वस्तु तथा सेवा सुविधा सन्दर्भमा पारदर्शिता, उत्कृष्टता, र सुदृढ सुशासन प्रतिको बैंकको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। साथै, यसले बैंकलाई उत्कृष्टतातर्फ निरन्तर प्रयास गर्न र सरोकारवालाहरूका लागि विश्वसनीय, गुणस्तर-उन्मुख वित्तीय रिपोर्टिङ प्रदान गर्न उत्प्रेरित गरेको बैंकले जनाएको छ । कृषि विकास बैंक यस अघि चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिकरुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको थियो ।

प्रकाशित समय २१:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु