1100×100 Nabil Advert

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बीमा सचेतना वाकाथनको आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र ‘सुरक्षित भविष्य’ निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नुरहेको थियो ।

 

कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर-नागपोखरी-गैरीधारा-प्रहरी मुख्यालय-हिल्टन होटल-नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो । झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भन्नुभयो- ‘यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउनेछन्, जसले गर्दा नागरिकहरू अझ जानकार, जिम्मेवार हुनुका साथसाथै अन्ततः राष्ट्र अझ सुरक्षित बन्नेछ ।’ कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्धता जनाएको छ ।

 

प्रकाशित समय ०८:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु