1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ ।

 

सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

 

गृहमन्त्री अर्यालले भन्नुभयो छ, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।” गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उहाँले भन्नुभयो, “कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍ यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।”

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु