शाक्य एनआईसी एशिया बैंकको सीईओमा नियुक्त
काठमाडौं । एनआइसी एसिया बैंकको सञ्चालक समितिले सुजितकुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ । चार वर्षे कार्यकालका लागि नियुक्त सिइओ शाक्य तत्कालीन सिइओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि नियुक्त भएका हुन् ।
करिब तीन दशकको बैकिङ क्षेत्रको अनुभव सँगालेका शाक्य नबिल बैंकका वरिष्ठ डेपुटी सिइओका कार्यरत थिए । उनले नबील बैंकबाट राजीनामा दिइसकेका छन् । खस्कँदै गएको एनआइसी एसिया बैंकको साख र वित्तीय अवस्था अनुभवी बैंकर शाक्यको नेतृत्वमा राम्रो हुने अपेक्षासहित सञ्चालक समितिले उनलाई सिइओमा नियुक्त गरेको बताइएको छ ।
प्रकाशित समय १२:४० बजे


















