1100×100 Nabil Advert

उद्योग-व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाद्वारा पहल

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थामा उद्योग-व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगी-व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

 

नगरपालिकाले उद्योग-व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिनुभयो । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग-व्यावसायलाई प्रतिकूल असर परेको उहाँको भनाइ छ ।

 

नगरपालिकाका उपप्रमुख अनिता लामाले लगानी गर्ने श्रम, समय र पैसाले अर्थतन्त्रको विकास हुने भएकाले सबैले उत्पादन र रोजगारीसँग जोडिन आवश्यक भएको बताउनुभयो प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाले उद्योगी व्यवसायीलाई पारदर्शी र मर्यादित भएर व्यवसाय गर्न सुझाव दिनुभयो ।

 

उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गर्नुभयो । कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

प्रकाशित समय १५:०५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु