1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

राहतदेखि पुनर्निर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : घिसिङ

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनर्निर्माण रहेको बताउनुभएको छ । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उहाँले भन्नुभयो, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

 

रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका-१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनुहुनेछ । उहाँले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गर्नुभएको छ । गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु