NIMB Add_1100x110

आन्दोलनबाट क्षति पुर्‍याइएका करिव २३ अर्ब २२ करोड बीमा रकमको दाबी

ललितपुर । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम असोज २२ गतेसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।

 

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको जनाइएको छ ।

 

निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणमा बुझाएका छन् ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु