NIMB Add_1100x110

एससीटीले ल्यायो अफर, बिगमार्टमा एससीटी-युनियनपे कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा यही घटस्थापनादेखि छठसम्म स्मार्ट सेलिबे्रसन्स बाई एससीटी अफर शुरु गर्दैछ ।

 

सो अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यही असोज ६ गतेदेखि कार्तिक १० गते सम्म एससीटी-युनियनपे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० हुने गरी छुट प्राप्त गर्नेछन् । यसको लागि भुक्तानी गर्न एससीटी-युनियनपे कार्ड प्रयोग गरी पोइन्ट अफ सेल मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ । यो अफर घटस्थापनादेखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ ।

 

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी-युनियनपे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युनियनपे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु