1100×100 Nabil Advert

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग काठमाडौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।

 

दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।

 

साथै बैंकको सम्पूर्ण सेवाहरु पूर्णरुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैकिङ्ग सेवाहरु सुरक्षितरुपमा सञ्चालन भइरहेको जानकारी गराएको छ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको लेकसाईड शाखाबाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय १५:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु