1100×100 Nabil Advert

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी-व्यवसायीले पदयात्रा गरेका हुन् ।

 

सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

 

“शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन्, व्यवसायीको आत्मबल बढाउन जरुरी छ,” उहाँले भन्नुभयो । विषम परिस्थितिमा संयमित हुन उहाँले उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रकाशित समय १३:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु