अस्थिरताको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएकाहरु सेनाको नियन्त्रणमा
तस्वीर साभार : सामाजिक सञ्जालबाट
काठमाडौं । जेनजी पुस्ताले गरेको सर्वसत्तावादविरुद्धको आन्दोलनको फाइदा उठाउँदै गरेका लुटपाटमा संलग्न करिब २७ जनालाई नेपाली सेनाले पक्राउ गरेको जनाएको छ । नेपाली सेनाले भनेको छ- हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेकाहरु पक्राउ परेका हुन् ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा लुटपाटमा संलग्न पाँच जनालाई समेत सेनाले पक्राउ गरेको छ । नेपाली सेनाले लुटपाटमा नलाग्नसमेत सबैलाई आग्रह गरेको छ । सुरक्षाको कमाण्ड सेनाले लिएर क्रमशः स्थितिलाई सामान्य बनाउँदै लैजान अगाडि बढेको छ ।
प्रकाशित समय ०९:३७ बजे


















