नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष नियुक्तिको लागि सिफारिश समितिको भदौ १३ को निर्णयअनुसार ७ दिनको समयसीमा राखेर आवेदन माग गरिएकोमा एक साताको अवधिभित्र १४ जनाको नाम प्राप्त भएको समितिले जनाएको छ ।

 

अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा चिन्तामणि शिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा.दामोदर बसौला, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्रा.डा. दीपकबहादुर भण्डारी, डा.राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन् ।

प्रकाशित समय १५:४६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु