1100×100 Nabil Advert

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन

ललितपुर । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

 

अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ भन्न र नहुने काम यो कारणले हुँदैन भनेर कारण सहित जानकारी दिन पनि निर्देशन दिनुभयो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारी संगठनहरूले प्रोफेशनल भएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक कुन्दन सापकोटाले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।

 

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका पूर्वअध्यक्ष पूर्णबहादुर थापा र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका संस्थापक अध्यक्ष पदम प्रसाद सोडारीले कर्मचारीहरूको हक हितका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित समय १५:५६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु