माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० मा

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असोज १० गते साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय गरेको हो। साधारणसभा प्रयोजनका लागि भदौ २७ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरिनेछ। त्यस अनुसार, भदौ २७ गतेसम्म नेप्सेमा शेयर कायम रहेका लगानीकर्ताहरूले सभा उपस्थितिको अधिकार प्राप्त गर्नुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

 

बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। साथै, साधारणसभामा बैंकले आफ्नो अधिकृत पुँजी हालको १५ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि प्रस्तुत गर्नेछ। यसका साथै, अभिमोच्य अपरिवर्तनीय अग्राधिकार शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लैजाने तयारी गरिएको बैंकले जनाएको छ।

प्रकाशित समय ११:४८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु