1100×100 Nabil Advert

भोजपुरको पौवादुङमा गाउँपालिकामा प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन   

भोजपुर । कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ ।

 

केन्द्रमा बाली र पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।

प्रकाशित समय ०७:५६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु