1100×100 Nabil Advert

पत्रकार बानियाँलाई धम्की दिनेलाई कानूनी कारवाही गर्न माग

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आर्थिकन्यूजका प्रबन्ध सम्पादक इन्द्र बानियाँमाथि भएको अभद्र व्यवहार तथा ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई कानूनी कारवाही गर्न माग गरेको छ । इमानका सल्लाहकार सदस्यसमेत रहेका बानियाँमाथि भएको धम्कीको कडा शब्दमा भत्सर्ना गर्दै विज्ञप्तिमार्फत् भनेको छ- आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का सल्लाहकार सदस्य पत्रकार इन्द्र बानियाँमाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत महिला कर्मचारीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति इकोनोमिक मिडिया एसोसिएसन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

बानियाँले पत्रकारिताको धर्म निर्वाह गर्दै ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरीप्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । सोही विषयलाई लिएर बानियाँमाथि अपशब्द प्रयोग, गालीगलौज र प्रत्यक्ष ज्यान मार्ने धम्कीसमेत दिएकी छिन् । जुन विषय स्वतन्त्र पत्रकारिताको दुनियाँमा पाच्य हुनै सक्दैन ।
देश र जनताको पक्षमा, भ्रष्टाचारका विरुद्धमा, सुशासन र पारदर्शिताका विषयमा पत्रकारिता क्षेत्रले आवाज नउठाए कसले उठाउने ? अनियमितता भयो, पारदर्शिता भएन भन्ने कुराको ध्यानाकर्षण गराउने जिम्मेवारी निर्वाह गर्दा ज्यान मार्ने धम्की दिने ? समाचारको विषय चित्त नबुझेमा पे्रस काउन्सिल नेपालमा उजुरी गर्ने बाटो हुँदाहुँदै गालीगलौज र धम्की दिनु सरासर गलत र निन्दनीय कार्य हो ।

 

इमान यस्ता आपराधिक तथा अमानवीय कार्यको कडाभन्दा कडा शब्दमा भत्र्सना गर्दै ज्यान मार्ने धम्की, सार्वजनिक मर्यादा भंग र आपराधिक धम्की दण्डनीय अपराध हुने हुनाले दोषीमाथि कानूनअनुसारको कारवाही होस् भन्ने चाहन्छ । हामी यसै विज्ञप्तिमार्फत् सम्बन्धित सुरक्षा निकाय र प्रशासनलाई घटनाको तत्काल निष्पक्ष र पारदर्शी अनुसन्धान गरी संलग्न दोषीहरूलाई कानूनबमोजिम कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।

प्रकाशित समय ०९:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु