1100×100 Nabil Advert

स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिजले आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पार्नुभयो । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा एससीटी-युनियन पे कार्ड, भिजा कार्ड, नेपाल पे कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा स्मार्ट पे, क्यूआर भुक्तानी सेवा स्मार्ट क्यूआर र मर्चेन्ट व्यवस्थापन सेवा स्मार्ट एमएमएसमा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गर्नुभयो ।

 

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्यूआर साउण्ड बक्स-एससीटी हवका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गर्नुभयो । स्मार्ट क्यूआर साउण्ड बक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउण्ड बक्स मार्फत सुन्न सक्नेछन् । स्मार्ट क्यूआर साउण्ड बक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिङ्क गरेर वा स्मार्ट क्यूआर साउण्ड बक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू स्मार्ट क्यूआर साउण्ड बक्स मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यूआर साउण्ड बक्स मार्फत जानकारी हुन्छ ।

 

साथै एससीटी हव स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम कार्ड व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापनलगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १६:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु