एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहकहरुले इन हाउस प्याथोलोजी, आउटसोर्सिङ टेस्ट, रेडोयोलोजी टेष्ट, एम्बुलेन्स, जेनेरल बेड चार्ज, आइसीयु, सर्जरी चार्ज सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय १३:३९ बजे





















