1100×100 Nabil Advert

नबिल बैंकको नाफा ७ अर्ब १२ करोड

काठमाडौं, २७ साउन । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशत बढि हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष पनि १६ अर्ब ३१ करोड रुपैयाँ नै खुद ब्याज आम्दानी गरेको छ।

 

यस अवधिमा कुल सञ्चालन आम्दानी भने २० अर्ब ३१ करोड रुपैयाँबाट ३।४२ प्रतिशतले बढेर २१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आवको अन्त्यसम्म बैंकले ८ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत आवको अन्त्यसम्म २५.४४ प्रतिशतको वृद्धि सहित १० अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

 

चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७७ करोड रुपैयाँ र रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

 

अघिल्लो वर्ष २२.९० रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्ष बढेर २६.३४ रुपैयाँ कायम भएको छ। यसै अवधिमा खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।

प्रकाशित समय १४:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु