1100×100 Nabil Advert

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य

काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच एनआईसीका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौतासँगै अब एनआइसीका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

 

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहकहरुले एनआइसी बैंकको मोबाइल बैंकिङ्ग सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुन्छ । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको सो साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको एनआईसि एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खतियाले जनाएका छन् ।

प्रकाशित समय २१:३७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु