नेपाल टेलिकमद्वारा मनसुन अफर २०८२ सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै दिनानुदिन बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्तामाझ विस्तार गर्दै जाने क्रममा आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समयसापेक्ष रुपमा प्याकेज तथा अफरहरु प्रदान गर्दै आइरहेको छ ।
ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले २०८२ असार २६ देखि लागू हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।
प्रकाशित समय २१:४१ बजे





















