1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई र्‍याफ्ट बोट तथा उद्दार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, संचालक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले प्राकृतिक बिपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

 

नेपाल एसबिआई बैंक लिमिटेडले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय १०:०५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु