1100×100 Nabil Advert

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लि. र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

 

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रकाशित समय २१:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु