V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मुलुकको एकमात्रै म्युजिक फुटबल कपको तयारी तीव्र

काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक वर्ष आयोजना गर्दै आएको नेशनल बक्स म्युजिक भिडियो अवार्ड २०८२ को अवसरमा अवार्ड प्रमोशन गर्ने उद्देश्यले ७ ए साइजको ओपन च्यालेन्ज म्युजिक फुटबल कपको तयारी शुरु गरेको छ । राजधानीको तेन्जिङ चोक महाकाल बौद्धमा सञ्चालित इलाइट फुटसलमा आयोजना हुने म्युजिक फुटबल कपको बिजेताले ८० हजार ९ सय रुपैयाँ नगदसहित ऐतिहासिक ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ४० हजार ५ सय नगद रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

 

देशको जस्तोसुकै परिस्थितिमा पनि निरन्तर आयोजना हुँदै आएको नेपालको एकमात्र निरन्तर, पुरानो अत्यन्तै फेयर म्युजिक अवार्ड हरेक वर्ष अरु अवार्डभन्दा फरक शैलीमा भव्य आयोजना हुने गरेको हो । बक्स अफिस म्युजिक अवार्ड आयोजना यो वर्ष पनि पुरानै तिथि मितिमा हुन गइरहेको छ । नेसनल बक्स अफिस म्युजिक अवार्डको पूर्व सन्ध्यामा धादिङ, काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंको उत्कृष्ट ७ए साइजको क्लबहरुलाई सो प्रतियोगितामा कम्तीमा ३२ र बढीमा ६२ फुटबल टिम समेटेर ओपन च्यालेन्ज म्युजिक फुटबल कपको आयोजनाको तयारीमा जुटेको अवार्ड अध्यक्ष आरके सुवेदीले बताए ।

 

जेठ ३० गते शुक्रबार र ३१ गते शनिबार गरी लगातार दुई दिनसम्म सञ्चालन हुने सो म्युजिक फुटबल प्रतियोगिता शुक्रबार बिहानदेखि शनिबार साँझसम्म पहिलो हाफ १० मिनेट, दोस्रो हाफ १० मिनेट गरी कूल २० मिनेट एन्फाद्वारा मान्यताप्राप्त रेफ्रीले खेल सञ्चालन गर्नेछन् भने फाइनल ३० मिनेट नै खेलाइने भएको छ । ओपन च्यालेन्ज फिल्म फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर फेयर प्ले, उत्कृष्ट फुटबल लभर अवार्ड, इन्करेजमेण्ट फुटबल टिम अवार्ड, फुटबल हट अवार्ड, उत्कृष्ट फुटसल ग्राउन्ड अवार्ड, फुटबल बल्लट अवार्ड र तीनजना भाग्यमानी दर्शकलाई नगद २२ हजार र ट्रफीसहित सम्मान गरिने छ ।

बक्स अफिस म्युजिक अवार्डको ३२ विधाका उत्कृष्ट विधाका बिजेतालाई अवार्डको ट्रफी र अवार्डमा सहभागी सम्पूर्ण टिमलाई कदर पत्रसहित सम्मानित गर्ने निर्णय गरिएको छ । विविध साँस्कृतिक कार्यक्रमसहित यो वर्षको ३२ विधाको म्युजिक विधा र फुटबलको ११ विधामा आयोजना हुने भव्य अवार्ड र फुटबल प्रतियोगितामा खुल्ला आवेदन दिन सकिने छ । अहिले विभिन्न फुटबल टिमले अफिसियली इसेवा नं. ९८४०२७०१७ मा इन्ट्री फि ७ हजा ९ सय भुक्तानी गरी अहिले नै आफ्नो टिमको नाम सुरक्षित गर्न सक्नेछन् भने अफिसेली ह्वाट्सएप नं. +९७७-९८५१०१८४०१ मा अहिले पनि आफ्नो टिम अग्रिम सुरक्षित गर्न सकिने बताइन्छ ।

 

बक्स अफिस इन्टरनेसनल ग्रुपले बिगत २३ वर्षदेखि निरन्तर कलाकार, पत्रकार, साहित्यकार, गीत-संगीत र फुटबललाई एक साथ जोड्दै ‘जहाँ अवार्ड त्यहाँ फुटबल जहाँ फुटबल त्यहीं अवार्ड’को नारा दिदै गाउँ शहर हुँदै देश-विदेश गरी एक वर्षमा विविध क्षेत्रको गरी कूल ५३ वटा सफलतापूर्वक अवार्ड शोहरु आयोजना र एक वर्षमा कूल ११७ वटा यस्तै प्रवावशाली फुटबल प्रतियोगिताहरु नियमित सञ्चालन गर्दै आइरहेको छ ।

 

रंगमञ्च क्षेत्रको एकमात्र फुटबल एकेडेमी, दैनिक छापा पत्रिका, अनलाइन मिडिया र टिभी च्यानल सञ्चालन गर्दै आएको बक्स अफिस इन्टरनेशनल ग्रुपले स्वदेशसँगै दुबई कप, फुकेट कप, हङकङ कप, मकाउ कप, जापान कप र लन्डन कपसमेत निरन्तर हरेक वर्ष आयोजना गर्दै आएको छ । नेपाली गीत-संगीत क्षेत्रको यश मेरुदण्ड र लोकप्रिय कार्यक्रमको राष्ट्रिय चलचित्र पत्रकार संघको सहयोगमा बक्स अफिस दैनिक, जनता टिभी, गोलनेपाल डट कम, मध्यान्ह राष्ट्रिय दैनिक, प्रभाव राष्ट्रिय दैनिक, अभियान राष्ट्रिय दैनिक, सौर्य दैनिक, अर्थप्रधान पत्रिका क्रसचेक मासिक, राष्ट्रवाणी साप्ताहिकले विशेष अफिसियली मिडिया पार्टनरको रूपमा सहयोग गरेका छन् ।

प्रकाशित समय २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010