1100×100 Nabil Advert

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरु कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्वपूर्ण विधेयकहरु शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक छिटो पारितका लागि आग्रह गर्नुभएको हो ।

 

यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि प्राथमिकतामा राख्न प्रधानमन्त्रीको आग्रह छ ।

प्रकाशित समय १५:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु