V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

कैलाशानंद महाराजद्वारा चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना

काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गर्नु भएको छ । नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गर्नु भएको हो । दर्शन लगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको पनि उल्लेख गर्नु भयो ।

 

काठमाडौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बस्नु भएका स्वामी कैलाशानंदले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा समेत गर्नु भएको थियो । स्वामी कैलाशानंद सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताउनु भयो ।

 

भ्रमणका क्रममा स्वामी कैलाशानंदले ‘मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उल्लेख गर्नुभयो । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाईंकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गर्नु भएको थियो । नेपालका विभिन्न धार्मिक स्थलमा भएको स्वामी कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक तथा अध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010