V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल बीमा प्राधिकरणले गर्‍यो बीरगञ्जस्थित बीमकका प्रदेश कार्यालय प्रमुखहरूसँग छलफल

ललितपुर । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । अध्यक्ष ओझाले बीमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्नुहुूँदै जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमा सम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्ति समेत न्यून रहेको, कृषि बीमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाई हुने गरेको, क्यास ब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बीमा सम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन आवश्यक देखिएको लगायतका धारणा राख्नुभएको थियो । कार्यक्रममा बीरगञ्जस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010