V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका-१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो । पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् । तीन पालिकाका करिब ४०० घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ ।” पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ । हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताउनुभयो ।

 

उहाँका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो । पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । विसं २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो । यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताउनुभयो ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010