V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मर्क्योरमा विशेष छुट हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको सुकेधारा हाइट्समा देश तथा विदेशका अतिथिलाई उत्कृष्ट सेवा दिंदै आएको पाँचतारे होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्सबीच एससीटी-युपिआइ कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौता पश्चात एससीटी-युपिआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मर्क्योर काठमाडौंमा आफ्नो एससीटी-युपिआइ कार्डमार्फत् भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले एससीटी-युपिआइ कार्डमार्फत् भुक्तानी गर्दा फुड र वेभरेज बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनु हुनेछ । रुम महसुलमा छुट पोइन्ट अफ सेलमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी-युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010