V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल टेलिकमले ल्यायो एसईईका विद्यार्थीहरुलाई सिमकार्डमा विशेष छुट

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई रु. २० मा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।

 

 

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९।८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने चभकयगचअभ सोही दिनका लागि मात्र कायम रहनेछ ।

 

 

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले ८१४१४३ डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि ८१६००३ डायल गरी निर्देशन गर्नुपर्नेछ । ८१६००३ डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बोल नम्बर उइथआउट अल्फाबेट टाइप गरी सेन्ड गर्ने । जन्म मिति टाइप गरी सेन्ड गर्ने, डीओबी टाइप गर्दा २०६१०१०१ मा टाइप गर्नुपर्नेछ ।

 

 

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु.५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

प्रकाशित समय २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010