1100×100 Nabil Advert

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।

 

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछानेलगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिति थियो ।

 

सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधनअन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भुक्तानी प्रक्रियालाई थप सरल, सहज तथा शीघ्र भुक्तानी गर्नेसमेत जनाइएको छ ।

प्रकाशित समय ११:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु