1100×100 Nabil Advert

बीमा प्राधिकरणले दियो लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमकहरूलाई निर्देशन

ललितपुर । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

 

यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सो सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ । साथै, बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत सात दिनभित्र जानकारी दिन प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित समय १३:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु