एनएमबि बैंकको सिइओमा गोबिन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबि बैंकका सञ्चालक समितिको बैठकले २०८२ साल वैशाख १० गतेदेखि लागू हुने गरी हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १९:०६ बजे