1100×100 Nabil Advert

इमानको नयाँ कार्यसमिति चयन

काठमाडौं । आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न इमानको तेस्रो साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रोयल आचार्यसहित सबै पदाधिकारी दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा दोहोरिएका छन् ।

संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल र मनोज थापा दोहोरिएका छन् भने नयाँ सदस्यका रुपमा गीता भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् ।

प्रकाशित समय १५:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु