1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

इमानको साधारणसभामा लम्साल सम्मानित

काठमाडौं । न्यू बिजनेश एज लि.का अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधानसम्पादक मदन लम्साल सम्मानित भएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाका अवसरमा उनलाई सम्मान गरेको हो ।

 

‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या उजागर गर्दै सुधार गर्नु पर्ने विषयहरू देखाइदिएर लामो समयदेखि आर्थिक पत्रकारिताको गरिमा वृद्धि गर्न यहाँ र यहाँले नेतृत्व गरेको संस्थाले पुयाएको योगदानको उच्च कदर गर्दछौं,’ सम्मानपत्रमा लेखिएको छ, ‘तपाई र तपाईले नेतृत्व गर्नु भएको संस्थाले आर्थिक मिडिया उद्योगको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाका अवसरमा उच्च सम्मान गर्दछौं ।’

 

सकारात्मक कुराले पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन सकिन्छ भन्ने न्यु विजनेश एज उदाहरण बनेको सम्मानपत्रमा लेखिएको छ । सो अवसरमा लम्सालले निजी क्षेत्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । उनले मिडियाको विकासका लागि निजी क्षेत्र चाहिने र निजी क्षेत्रको विकासका लागि मिडिया आवश्यक रहेको बताए ।

प्रकाशित समय १४:५० बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु