नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा वीरगन्जबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा लिमिटेड, वीरगन्ज, पर्साबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्राका निर्देशक, अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।
प्रकाशित समय ११:४९ बजे