V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५ बाट सम्मानित  

काठमाडौं । नेपाल एसबिआई बैंक कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।

 

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी र प्रमूख संचालन अधिकृत, विकास आनन्दलाई प्रा.डा.फत्त बहादुर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

 

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ,७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010