गरिमा विकास बैंक ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा गरिमा विकास बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो.डा. फत्तबहादुर के.सी., सशिन जोशी, सरिता अधिकारी र दिल भुषण पाठक रहनुभएको थियो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायीबोध गराएको बैंकले जनाएको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रकाशित समय १७:२४ बजे






















