1100×100 Nabil Advert

महाशिवरात्रिमा पानी निःशुल्क, सुरक्षा चुस्त

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि उपस्थित भक्तजनहरुको लागि कृषि विकास बैंकले निःशुल्क पानीको व्यवस्था गरेको जनाएको छ । आफ्नो स्टल नै राखेर भक्तजनहरुलाई पानी वितरण गरिरहेको बैंकले जनाएको हो ।

त्यस्तै सुरक्षा चुनौतीलाई विचार गर्दै काठमाडौंको पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गरेका छन् । सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा कमाण्ड पोस्ट तयार गरेको छ । कमाण्ड पोस्टबाट एसपी बोहरा सहित, ३ जना डीएसपी र ४ जना इन्स्पेक्टरले मनिटर गरिरहेका छन् । चोरी, डकैती र झडपका घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरीसमेत परिचालित छन् ।

प्रकाशित समय १३:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु